महिलाको जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु प्रमुख कार्यभार : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएका छन्।
हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै अध्यक्ष दाहालले सामाजिक रुपान्तरणका लागि तीजबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका बलमा जारी भएको नेपालको संविधानबाट प्राप्त अधिकारको पूर्ण कार्यान्वयनमा जोड दिए ।
अध्यक्ष दाहालले हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेका छन् ।
“नेपाली महिलाले परापूर्वकालदेखि धार्मिक सांस्कृतिक पर्वका रुपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणका अवसरका रुपमा समेत लिनुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु”, अध्यक्ष दाहालले शुभकामना सन्देशमा भनेका छन्।
















आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया