काेराेना महामारीबीच परीक्षा
एसईई परीक्षा नरोकिने
परीक्षामा ५ लाख १७ हजार १२२ विद्यार्थी सहभागी हुँदै

काठमाडौं । सरकारले निर्धारित समयमै माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज सरोकारवालाबीचको छलफलले स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
मुलुकमा फेरि कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि परीक्षा सञ्चालनबारे अन्योल छाएको थियो । शिक्षा सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको उक्त छलफलले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्ने निष्कर्ष निकालेको हो ।
शैक्षिक सत्र २०७७ को एसईई परीक्षा आगामी जेठ १३ देखि २६ गतेसम्म हुँदैछ । गतवर्ष पनि कोरोना भाइरसका कारण एसईई परीक्षा निर्धारित मितिमा हुन सकेको थिएन । एसईई परीक्षा हुन नसकेपछि विद्यालयले लिएको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिएको थियो ।
यसपटक देशभरबाट एसईई परीक्षामा ५ लाख १७ हजार १२२ विद्यार्थी सहभागी हुँदैछन् । एसईई परीक्षाका लागि देशभर २ हजार १४ परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
| क्र.स | प्रदेश | विद्यार्थी संख्या | परीक्षा केन्द्र |
| १. | प्रदेश नं. १ | ८९,०३६ | ३७६ |
| २. | प्रदेश नं. २ | ८०,९७३ | २७३ |
| ३. | वाग्मती | १११,७१७ | ४२७ |
| ४. | गण्डकी | ४८,९७७ | २२२ |
| ५. | लुम्बिनी | ८८,९५२ | ३२७ |
| ६. | कर्णाली | ३८,७२७ | १७८ |
| ७. | सुदूरपश्चिम | ५८,७४० | २११ |
| जम्मा | ५१७,१२२ | २०१४ |
















यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलरको मुल्य घट्यो
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया