बिहीबार, पुष १७, २०८२

एमालेले धितोपत्र लिए लगानी बोर्ड कांग्रेसले पाउनुपर्ने दावी

मेरोन्यूज २०८१ भदौ २३ गते १५:५४

काठमाडौं । धितोपत्र बोर्ड र लगानी बोर्डको रिक्त प्रमुख पदमा नेपाली कांग्रेस र नेकपा एमालेबिच आफ्ना निकट व्यक्ति ल्याउन भागबन्डाका लागि छलफल सुरु भएको छ ।

धितोपत्र बोर्डको अध्यक्षका लागि एमालेले आफ्नो दाबी यसअघिनै सार्वजनिक गरिसकेको छ । एमाले र माओवादी सरकार ढल्नुको मुख्यकारणनै धितोपत्र बोर्डमा दुबै पार्टीको दावी हुनु प्रमुख कारण थियो ।

यससँगै नयाँ सरकारबन्दा एमालेले धितोपत्रमा आफ्नो सिट सुरक्षित गरिसकेको ठानिएको छ ।
यता लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छनौट प्रक्रियाअघि बढेसँगै कांग्रेसभित्र लगानी बोर्ड कांग्रेसले छोड्न नहुने चर्को दवाव पर्न थालेको छ ।

धितोपत्र बोर्ड एमालेले लैजाने सहमति भएकोले कांग्रेसले स्वतः लगानी बोर्ड पाउनुपर्ने चर्को आवाज उठेको छ ।

केहि समयपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद पनि रिक्त हुँदैछ । गभर्नर पद पनि एमालेकै दावी रहने निश्चित छ । त्यसैले कांग्रेसमा गभर्नर वा लगानी बोर्डमध्ये एक लिनैपर्ने आन्तरिक दबाब छ ।

गभर्नर एमालेले छोड्ने सम्भावना कम रहेकोले बरु दवाव दिए लगानी बोर्ड एमालेले छोड्न कांग्रेसको आँकलन छ ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सूचीकृत भएका पाँच जनासँग मंगलबार अन्तर्वार्ता लिँदैछ ।

सूचीकृत भएकाहरुमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र काठमाडौंका भीष्मराज ढुंगाना छन्।

मंगलबार पाँचै जनाले पेश गरेको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपछि तीन जनाको छनौट गरिनेछ । छनौट गरिएका तीन जनामध्येबाट सम्भवत आगामी मन्त्रिपरिषद् बैठकले एक जनालाई बोर्डको सीईओ नियुक्त गर्नेछ ।

सूचीकरणमा परेका पाँच जनामध्ये ढुंगाना, काफ्ले र ज्ञवालीबिच सिइओ बन्न तिब्र प्रतिस्पर्धा हुने ठानिएको छ ।
ज्ञवाली र ढुंगाना एमाले निकट मानिन्छन् भने काफ्ले कांग्रेस निकट मानिन्छन् । काफ्लेलाई जिलाबासीको नाताले राष्ट्रपति रामचन्द्र पौडेलको पनि साथ रहेको छ ।

ज्ञवाली तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी रहिसकेका छन् भने ढुंगाना धितोपत्र बोर्डका पूर्वअध्यक्ष रहिसकेका छन्।
काफ्ले गण्डकी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् ।

यी मध्ये शैक्षिक क्षेत्रमा विषयगत हिसाबले काफ्ले अरु उम्मेदवारभन्दा धेरै अघि छन् । काफ्लेले ु नेपालको आर्थिक कुटनीतिको प्रभावकारिता अध्ययन ु विषयमा एमफिल गरेका छन् । उनी आफ्नो ब्याचमा टपर समेत हुन् । त्यस्तै अर्थशास्त्र पिएचडी गरेका छन् । त्यस्तै ढुंगानाले व्यवस्थापन विषयमा डिग्रीमात्रै गरेका छन् ।

ज्ञवालीको भने इन्जिनियर हुन् । पुननिर्माण प्राधिकरणमा इन्जिनियर ब्याकग्राउण्डले उनलाई कामगर्न सहज बनाएको थियो । तर लगानी बोर्डमा भने अर्थशास्त्र, व्यवस्थापन व्याकग्राउण्डकै मान्छे उपयुक्त हुने ठानिएको छ ।

प्रतिक्रिया