लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी पर्यटन सर्किट बनाउने योजना अगाडि सारेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशका १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी बृहत् योजना निर्माण तथा त्यसको गरेर आर्थिक स्वरोजगारमार्फत अगाडि बढ्ने योजना रहेको बताए ।
मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योग्दान पु¥याउने गरी बृहत् योजना निर्माणको चरणमा रहेको जानकारी दिए। “गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पाल्पाको श्रीनगर, दरवार सङ्ग्रहालय, रुरु क्षेत्र, रेसुङ्गा, अर्घाखाँचीको छत्रमहाराज, बल्कोट, सुपादेउराली, प्यूठानको स्वर्गद्वारी, रोल्पाको युद्ध सङ्ग्रहालय, रुकुम पूर्वको सिस्ने, पुथा हिमाल भ्रमण गरेर दाङको धारपानी भएर बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गराउन सक्नेगरी पर्यटन सर्किट निर्माण गर्ने योजना छ”, उनले भने,“पर्यटकीय स्थल थुपै्र छन् । यहाँ भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तव्यस्थलमा पु¥याउन सकियो भने सोचेको जस्तो विकास हुनेछ । त्यसैले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटका रूपमा विकास गर्ने योजना निर्माण गरिहरको छौँ ।” साथै युवालाई उत्पादनसँग जोड्नका लागि सरकारले काम गरिरहेको पनि उनले जानकारी गराए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको र जिल्लाबाहिर जाँदा मुख्यमन्त्रीका नाममा खर्च भएका बिल मन्त्रालयमा पेस नगरिने स्पष्ट पारेका छन् । फजुल खर्च रोक्न पूर्वविशिष्ट व्यक्तिहरुको सेवासुविधा खारेज गरिएको पनि उनले जानकारी दिए ।

















फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
प्रतिक्रिया