प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो : सुमना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दिक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरुले दिक्षान्त समारोहमा कहिले भाग लिन पाउछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् ।
उनले भनिन्- ‘कृषि तथा वन विज्ञान विश्व विद्यालयमा ११ दिन भयो जाँच नभएको । चलिरहेको जाँच बन्द हुदा १४ सयभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । अब चार बर्षमा सकिने स्नातक तह कति बर्षमा सकिने हो ? विश्वविधालय पठन पाठनको क्षेत्र कम पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रमको पार्टी र एउटा गृहमन्त्रीको पार्टी, दुईवटा विद्यार्थी संगठनको लडाईमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने, विद्यार्थीहरुलाई हामीले के गर्न सिकाउदै छौं । न पढ्न दिन्छौं, पढेर जेन तेन जाँच दिन पनि दिन व्यवस्था मिलाउदैनौं, त्यसपछि दिक्षान्त समारोह पनि रोकिदिन्छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार दिक्षान्त नै रोकियो । मलाई त प्रधानमन्त्री कार्य क्षमतामा पटक पटक प्रश्न उठिरहेको छ । विद्यार्थीको जीवनमा यस्ता जाँचमा खेलवाड नगरियोस् । बरु राणा शासनमा एउटा विद्यालय खोलियो भनेर भन्छन् तर ओली शासनमा इतिहासले कसरी लेख्छ, त्यो हेर्न बाँकी छ । यो ओली शासनमा कृषि विद्यालयका विद्यार्थीको जाँच कहिलेदेखि हुन्छ ? कर्णालीका विद्यार्थीको दिक्षान्त समारोह कहिले हुन्छ ?’

















स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया