कर्मचारीको खाजा समयबारे ओली झुक्किए वा झुक्याइए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आफ्नो आधिकारिक फेसबुकमा लेख्दै सरकारी कर्मचारीको खाजा समय १ घण्टाबाट घटाएर आधा घण्टा बनाइएको बताएका थिए ।
उनले खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएकाले समय घटाएर दिउँसो १:३० देखि २ बजेसम्म कायम गरिएको जनाएका थिए । तर ओलीले यो घोषणा गर्नु अगावै अघिल्लो सरकारले कर्मचारीकाे खाजा समय आधा घण्टा तोकिसकेको थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले खाजा समय आधा घण्टा गर्ने निर्णय गरेकाे थियाे । उक्त निर्णयका आधारमा २०८० माघ २९ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशित २०८१ सालको चाडपर्व तथा बिदा सम्बन्धी सूचनामा सरकारी कार्यालयका कर्मचारीको खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म निर्धारण गरिएको छ।
राजपत्रकाे भाग ५ काे ‘घ’ मा लेखिएकाे छ, ‘खाजा समय : दिउँसाे १:३० बजेदेखि २ बजेसम्म हुनेछ । यससम्बन्धी सुचना हरेक कार्यलयको सुचना पार्टीमा टाँस गरिनुपर्नेछ र खाजा समय बाहेकको अन्य समय सेवन प्रवाह र कार्यालयको काम नरोकिने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनु पर्नेछ ।’

यसरी राजपत्रमा नै प्रकाशित भइ कार्यान्वयनमा आइसकेकाे विषयलाई सस्तो लोकप्रियताका लागि पु:न दोहोर्उनाले प्रधानमन्त्री ओलीको कार्यशैलिमाथि प्रश्न उब्जिएकाे छ ।
प्रतिक्रिया