सुनसरीबाट २ सय ३५ किलो गाँजा सहितको गाडी नियन्त्रणमा
मेरोन्यूज
२०८१ भदौ २६ गते १३:४२

सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।
सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बोर्डर आउट पोष्ट ९बिओपी० लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ के।जी गाँजा बरामद गरेको थियो ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया