काठमाडौंको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न निष्ठापूर्वक प्रयास गरेँ : तत्कालीन सिडिओ बस्नेत

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले १४ महिने कार्यकालमा आफुले काठमाडौंको शान्ति, सुरक्षा र सुशासनलाई चुस्त राख्न निष्ठापूर्वक इमान्दार प्रयास गरेको बताएका छन् ।
बिहिबार सामाजिक सञ्जालमार्फत सरकारप्रति आभार व्यक्त गर्दै बस्नेतले यस भूमिकामा रहँदा आफुले काठमाडौंको समग्र शान्ति सुरक्षा कायम राख्न, जिल्ला भित्रको सार्वजनिक सेवा प्रवाहमा थप सहजीकरण गर्न, विपद् पूर्व तयारी तथा प्रतिकार्यमा समन्वय गर्न, विकास सहजीकरण गर्न, बजार अनुगमनलाई प्रभावकारी बनाउन, अन्तर सरकारी एवं अन्तर निकाय समन्वय गर्न र कानून कार्यान्वयन लगायतका कार्यमा निष्ठापूर्वक इमान्दार प्रयास गरेको बताएका हुन् ।
बस्नेतले २०८० साल असार २१ गतेदेखि २०८१ साल साउन २६ सम्मको अवधिमा काठमाडौँ जिल्लाका ४८औँ प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी सम्हालेका थिए।
बुधबार गृह मन्त्रालयले काठमाडौंको सिडिओमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाएको छ । बस्नेतलाई भने मन्त्रालय सरुवा गरेको छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया