आइतबार, वैशाख ७, २०८२

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

मेरोन्यूज २०८१ भदौ २८ गते ७:०३

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्ट (संक्षिप्त सूची) मा परेका थिए ।

त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन् । नियुक्तिमा सत्ता सा्झेदारदलकाे राजनीतिक दवाव बढ्ने शंकाले मन्त्रिपरिषदमा सिफारिस भएका तीन नाम सरकारले गाेप्य राखेर एकैपटक मन्त्रिपरिषद् बैठकमा लगिएको थियाे ।

प्रतिक्रिया