रोनाल्डोले रचे अर्काे इतिहास, सामाजिक सञ्जालमा १ अर्ब फलोअर्स पार

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेट फर्ममा १ बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गरेका छन्।
सामाजिक सञ्जालमा रहेका उनका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उनले १ अर्ब फलओअर्स प्राप्त गरेका हुन्।
रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र ६३ करोड ८० लाख अर्थात ६३८ मिलियन फलोअर्स रहेका छन् । उनका फेसबुक, एक्ससहितका सबै च्यानल गरेर एक अर्ब फलोअर्स पुगेका हुन् ।
उनले आफ्नो १ अर्ब फलोअर्स भएसँगै सबै समर्थकलाई धन्यवाद दिएका छन्। उनले समाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भने,’हामीले इतिहास बनाएका छौं- एक अर्ब फलोअर्स! यो केवल एउटा संख्यामात्र होइन- यो हाम्रो साझा जोश, दृढता, र खेलप्रतिको प्रेमको प्रमाण हो।’
रोनाल्डोले भने,’मलाई विश्वास गर्नुभएकोमा, तपाईँहरूको समर्थनका लागि र मेरो जीवनको हिस्सा हुनुभएकोमा धन्यवाद। अझ उत्कृष्ट कुराहरु आउन बाँकी छ र हामीसँगै अघि बढिरहनेछौं। जित हासिल गर्नेछौं, र इतिहास रचिरहनेछौं।’
आगामी फेब्रुअरीमा ४०औं जन्मदिन मनाउने तयारी गरिरहेका रोनाल्डोले आफुलाई पोर्चुगल र आफु खेल्ने क्लबका लागि सधै उपलब्ध गराउँदै आएका छन् । उनी विश्वमा अहिलेसम्म सबैभन्दा बढी ९०१ गोल गर्ने खेलाडी हुन् ।













आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया