रोनाल्डोले रचे अर्काे इतिहास, सामाजिक सञ्जालमा १ अर्ब फलोअर्स पार

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेट फर्ममा १ बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गरेका छन्।
सामाजिक सञ्जालमा रहेका उनका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उनले १ अर्ब फलओअर्स प्राप्त गरेका हुन्।
रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र ६३ करोड ८० लाख अर्थात ६३८ मिलियन फलोअर्स रहेका छन् । उनका फेसबुक, एक्ससहितका सबै च्यानल गरेर एक अर्ब फलोअर्स पुगेका हुन् ।
उनले आफ्नो १ अर्ब फलोअर्स भएसँगै सबै समर्थकलाई धन्यवाद दिएका छन्। उनले समाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भने,’हामीले इतिहास बनाएका छौं- एक अर्ब फलोअर्स! यो केवल एउटा संख्यामात्र होइन- यो हाम्रो साझा जोश, दृढता, र खेलप्रतिको प्रेमको प्रमाण हो।’
रोनाल्डोले भने,’मलाई विश्वास गर्नुभएकोमा, तपाईँहरूको समर्थनका लागि र मेरो जीवनको हिस्सा हुनुभएकोमा धन्यवाद। अझ उत्कृष्ट कुराहरु आउन बाँकी छ र हामीसँगै अघि बढिरहनेछौं। जित हासिल गर्नेछौं, र इतिहास रचिरहनेछौं।’
आगामी फेब्रुअरीमा ४०औं जन्मदिन मनाउने तयारी गरिरहेका रोनाल्डोले आफुलाई पोर्चुगल र आफु खेल्ने क्लबका लागि सधै उपलब्ध गराउँदै आएका छन् । उनी विश्वमा अहिलेसम्म सबैभन्दा बढी ९०१ गोल गर्ने खेलाडी हुन् ।
















Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया