चियापान र भोजभतेर नगरी नयाँ वर्ष मनाउन कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन्।
नयाँ वर्ष २०७८ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले अनिवार्यरूपमा मास्क, स्यानेटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन आग्रह गरेका हुन्।
विसं २०७७ को वर्ष सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको र नेपाल पनि यसबाट प्रभावित हुन पुगेको उल्लेख गर्दै देउवाले कयौँ नेपाली दाजुभाइले स्वदेश र विदेशमा महामारीका कारण जीवन गुमाउनुका साथै ठूलो सङ्ख्यामा नागरिक प्रताडित हुनुपरेको बताए।
कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पुर्याउनुका साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनले भनाइ छ।
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न नसकेका बाबजुद पनि नेपाली जनताले लकडाउनको पालना गर्दै भौतिक दूरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिडविरुद्ध लडिरहेको विज्ञप्तिमा उल्लेख छ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया