बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
६०औँ राष्ट्रिय बाल दिवस २०८१ को उपलक्ष्यमा आज यहाँ आयोजित बालमेला तथा प्रतिभा प्रस्फुटन र सांस्कृतिक कार्यक्रममा उनले बालबालिकाको रुचि अनुसारका कार्यक्रम वडा समितिमार्फत पेस गर्न आग्रह गरे ।
“बालबालिकाको हक अधिकार कुण्ठित गर्न चाहँदैनौँ, बाल प्रतिभा प्रस्फुटनका कामलाई जोड दिन्छौँ, बजेट तर्जुमा गर्दा प्रत्येक वडाले बालविकासका लागि बजेट छुट्याउनुपर्ने व्यवस्था रहेको छ, यसलाई हामीले व्यवस्थित ढङ्गले लागू गरिसकेका छौँ”, उनले भने ।
राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले ललितपुर महानगरका २९ वडाले बजेट विनियोजन गरेर बालअधिकारको विषयमा प्रयोगात्मक र व्यावहारिक काम गरेको बताए । उनले बालबालिकाका क्षेत्रमा काम गर्नेमा ललितपुर महानगर अग्रपङ्क्तिमा रहेको बताउँदै बालबालिकाको हितमा काम गर्न आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महानगरका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले बालबालिकाले मोबाइल र टेलिभिजनमार्फत रचनात्मक कुराहरु सिकेर प्रतिभा प्रस्फुटन हुने अवस्था रहेकाले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया