प्रधानमन्त्री रोजगार कार्यक्रम: सडक ढलानमा स्थानीयलाई अवसर

दमौली (तनहुँ) । बन्दीपुर गाउँपालिकाले सडक ढलानमा स्थानीयलाई रोजगारी दिएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित पुलामी चोकबाट पानी ट्याङ्कीसम्म जाने सडक ढलानका लागि यहाँका स्थानीयले रोजगारी पाएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वडाभित्रका विकास योजनामा स्थानीयलाई रोजगारी दिने नीतिबमोजिम सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक शरणसिंह गुरुङले बताए ।
सडक ढलानका लागि आठ जना अदक्ष र चार जना दक्ष श्रमिकलाई रोजगारी दिइएको छ । सडक ढलान तथा कामदारको ज्यालाबापत रु चार लाख बजेट विनियोजन गरिएको छ । संयोजक गुरुङका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक तथा पानीको निकास निम्ति नाला निर्माण, चौतारा मर्मत, पैदल मार्ग निर्माण हुने गरेको छ ।
रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चयन भएकाले न्यूनतम सय दिनको रोजगारी पाउँछन् ।













पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया