विद्यार्थी सम्मेलनमा प्रचण्डले भने– तपाईंहरू सडकको बाघ, म संसद्को सिंह

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू संसद्को सिंह बनेर निस्किएको दाबी गरेका छन्।
बिहीबार अनेरास्ववियू (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईँहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं । हामी जितको पक्षमा छौं’ उनले भने ।
साथै, प्रचण्डले प्रतिक्रियावादी र दलालहरूले संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारेको बताए। उनले दुई ठूला दल मिलेर उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै सडकबाट प्रतिक्रियावादी शक्तिहरूलाई झुकाउन सकिने उनले बताए ।
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया