विपद् व्यवस्थापनमा १ हजार ६ सयभन्दा बढी सुरक्षा फौज परिचालन, हालसम्म १० जनाको मृत्यु

काठमाडौँ । २०८१ असोज १० गतेदेखि सुरु भएको अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६ सय ३० जना जनशक्ति परिचालन भएको छ ।
बर्षासँगै आएको बाढि, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय ६० जनाको सकुशल उद्धार गर्न सफल भएका छन् ।
पाँचथर जिल्लाको विभिन्न ठाउँहरुमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ भने सो स्थानमा उद्धारको लागि १० जना सुरक्षा फौज खटिएको छ । यसैगरी ओखलढुङ्गामा पनि एक स्थानमा भौतिक क्षति भएको छ ।
धनकुटा जिल्लामा पहिरोको कारण २ जना वेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ भने उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ ।
यसैगरी झापा जिल्लाका विभिन्न ठाउँमा डुवानमा परी ७७ स्थानहरुमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ भने ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाकोे सकुशल उद्धार गरेका छन् ।
मोरङका विभिन्न ठाउँहरुमा डुवानमा परि ५८ स्थानहरुमा भौतिक क्षति भएको छ भने २३ जनाको सुरक्षा फौजले १ सय ७६ जनाको सकुशल उद्धार गरेका छन् । यसैगरी रौतहटका १० स्थाहरुमा डुवानमा परी भौतिक क्षति भएको छ भने उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन भएको छ ।
धादिङमा खोलाले बगाई एक जना वेपत्ता, एक जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ । यसैगरी गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन भएको छ ।
सिन्धुलि जिल्लामा आएको बाढिले ५ स्थानहरुमा भौतिक क्षति भएको छ भने ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ । यसैगरी काभ्रे जिल्लामा आएको पहिरोमा परि ३ जनाको मृत्यु, ७ स्थानहरुमा भौतिक क्षति भएको छ उद्धारका लागि १५ जनाको सुरक्षा फौज परिचालन भएका छन् ।
यसैगरी काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा आएको बाढिका कारण एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने १ हजार ४ चार ७४ जना सुरक्षा फौज परिचालन भई २ सय २४ जनाको सकुशल उद्धार गरेका छन् । यसैगरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरुमा आएको पहिरोले १ जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन् भने २ स्थानहरुमा भौतिक क्षति भएको छ । उपत्यकाको ३ वटै जिल्लामा मोटरबोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली परिचालित छ ।











रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया