चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिरमा हुने

काठमाडौँ । नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ र २९ गते हुने भएको छ ।
संघले प्रेस विज्ञप्ती जारी गर्दै वार्षिक कार्यक्रम अन्तर्गत ‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्य सन्देशसहित सम्मेलन गरिने संघका महासचिव डा.सन्जिव तिवारीले जानकारी दिए ।
उनले भने, “सम्मेलनमा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्शमार्फत सैद्धान्तिक बहस हुनेछ ।”
यस सम्मेलनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अन्य मन्त्रालयलगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन एकीकृत रणनीति बनाउने तयारी गरेको आयोजकले जनाएको छ ।
एनएमएका अध्यक्ष डा अनिल कार्कीले स्वास्थ्य अनुसन्धानका विषयलाई उजागर गर्न तथा नीतिगत रुपमा राज्यलाई सुझाव पेश गर्न सम्मेलन महत्वपूर्ण कडी हुने बताए । उनले विगतका सम्मेलनले दिएका सुझावहरुको विषयमा समेत समीक्षा गर्दै यसलाई थप परिस्कृत गराएर लैजाने बताए ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया