भन्सार नतिरी सामान ल्याउन खोज्ने सशस्त्र प्रहरीहरु कारवाहीमा

विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारी लाई करवाही कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवर लाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको हो ।
त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनिहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो ।
यसै बिच त्रिनगर नाका हुँदै नेपाल प्रबेश गर्ने यात्रुहरुलाइ अनावश्यक दुख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालिले सुक्ष्म निगरानी गरेको छ ।
यसै गरि सिमानामा आवतजावत गर्ने ब्यक्तिहरुलाई दुख हैरानी दिने तर्फ ध्यान दिदै सशस्त्र प्रहरिका अधिकृत हरुले सादा पोषाकमा खटिएर अनुगमन समेत गरिरहेका छन् ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया