११ करोड ४३ लाख बराबरको आठ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । हेटौंडाबाट आठ किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर जाँच गर्दा उक्त सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्याम आर्यालले जानकारी दिए ।
“पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षका अभिषेक अजिनाथ कुटी र २७ वर्षका राहुल भिट्टीहाल बाड छन्,” डीएसपी अर्यालले बाह्रखरीसँग भने, “उनीहरूबाट आठ किलो २४३ ग्राम ९७० रहेको पाइयो ।”
आज बिहान ३ बजे विशेष सूचनाको आधारमा प्रहरीले उक्त स्कुटर जाँच गरेको थियो ।
बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भइरहेको डीएसपी अर्यालले जानकारी दिए ।










आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया