११ करोड ४३ लाख बराबरको आठ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । हेटौंडाबाट आठ किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर जाँच गर्दा उक्त सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्याम आर्यालले जानकारी दिए ।
“पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षका अभिषेक अजिनाथ कुटी र २७ वर्षका राहुल भिट्टीहाल बाड छन्,” डीएसपी अर्यालले बाह्रखरीसँग भने, “उनीहरूबाट आठ किलो २४३ ग्राम ९७० रहेको पाइयो ।”
आज बिहान ३ बजे विशेष सूचनाको आधारमा प्रहरीले उक्त स्कुटर जाँच गरेको थियो ।
बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भइरहेको डीएसपी अर्यालले जानकारी दिए ।
















इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया