र्याली अफ हिमालयज : रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी

काठमाडाैँ । भारतमा सम्पन्न भएकाे र्याली अफ हिमालयाज ‘रोयल इन्फिल्ड क्लास’मा नेपाली राइडर दीपक शाह विजयी भएका छन्। शाह र्याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा विजयी भएका हुन्।
राइडर शाहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना भएको र्याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए।
यो इभेन्ट चुनौतीपूर्ण भू-भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ। भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दूरीमा सो प्रतियोगिता भएको थियो।
सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाइ भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए।
एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै -याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे।
विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ। सो र्यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ।
दीपक साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए। त्यसैगरी २०२२ मा र्याली अफ चाम्बामा समेत सहभागी भएका थिए। उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र र्याली अफ चाम्बाको विजयी समेत बनेका थिए।

प्रतिक्रिया