गोरखा मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिदै
मेरोन्यूज
२०८१ असोज २२ गते ८:१०

गोरखा । यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो ।
केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये छ जना महिला र सात पुरुष रहेका जानकारी दिए । केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।
लायन्स सेवा केन्द्रले जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चश्मा वितरण गर्दै आएको छ । शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको छ ।
सम्बन्धित











रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया