अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक

काठमाडौँ । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ ।
अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिमा समर्पण गरी आज पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो ।
शोधकर्ता सोडारीले यसअघि पनि ‘के ईश्वर छ रु’, ‘साधनाको अनन्त यात्रा डा स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ कृति प्रकाशन गरिसकेका छन् । एउटा अनुवाद र २२ वटा ग्रन्थ सम्पादन गरेका सोडारीले यस ग्रन्थमा तन्त्र, मन्त्र, यन्त्रसहित साधनाका विषयलाई प्राथमिकता दिएका छन् ।
झण्डै १३ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको लेखक सोडारीले जानकारी दिए। वेदका अध्येता गुरु डा स्वामी प्रपन्नाचार्यको आशीर्वचन राखी नेपालको माटोदेखि मठमन्दिर, शिवालय, देवस्थल, तीर्थस्थलको महिमालाई मुख्य विषयवस्तु बनाइएको उनले जानकारी दिए।
ऋषिमुनि, साधक, साधनाको गरिमालाई वैज्ञानिक दृष्टिले हेर्ने चिन्तनलाई सोडारीले तीन सय ५६ पृष्ठको यस कृतिमा समावेश गरेका छन्। अन्तिम खण्डमा पुस्तकमा वर्णित तथ्यलाई पुष्टि गर्ने ३५ वटा चित्र समावेश गरिएका छन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया