आफ्नो प्रदेशका सबैभन्दा बढी खेलाडी राख्ने टीम बन्यो सुदुरपश्चिम रोयल्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सात वटै प्रदेशका टीमले अक्सनमार्फत् आ-आफ्ना टीममा १०/१० खेलाडी भित्रिएका छन्।
सुदूरपश्चिम रोयल्सले पनि आफ्ना टीममा खेलाडीहरु अनुबन्ध गरेको छ । रोयल्सले टीममा आफ्नै क्षेत्रका खेलाडीलाई प्राथमिकता दिएको छ ।
यहाँका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी रहेका छन्।
सुदूरपश्चिम टीममा राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख, टी–२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद रहेका छन्।
उनीहरुमध्ये ६ खेलाडी सुदूरपश्चिमकै रहेका छन्। दीपेन्द्र ऐरी, विनोद भण्डारी, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, नरेन साउद यहीँका हुन् ।
यो सँगै सुदूरपश्चिम रोयल्स टीममा सबैभन्दा बढी आफ्नै क्षेत्रका खेलाडी राख्ने टीम बनेको छ । अन्य कुनैपनि टीमले यो संख्यामा आफ्नो क्षेत्रका खेलाडी समावेश गरेका छैनन् ।













स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया