नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न

भक्तपुर । विजयादशमीको घटस्थापनादेखि महानवमीको मध्यरातिसम्म भक्तपुरको टोलटोलबाट नवदुर्गाका नौवटा मन्दिरमा गएर राति मनाइने नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न भएको छ ।
नवरात्रभर भक्तपुरका बासिन्दाले विशेषगरी अष्टमातृकाको पूजागरी बलि दिने परम्पराअनुसार घटस्थापनादेखि रातभर जात्रा मनाइने परम्पराअनुरूप आज बिहानबाट जात्रा सम्पन्न भएको हो ।
घटस्थापनाको रात ब्रह्मायणी, दोस्रो रात महेश्वरी, तेस्रो रात कुमारी, चौथो रात भद्रकाली, पाँचौँ रात बाराही, छैटौँ रात इन्द्रायणी, सातौँ रात चामुण्डा एवं महाकाली, आठौँ रात महालक्ष्मी जात्रा मनाइएको छ भने नवौँ रात त्रिपुरासुन्दरीको पूजा एवं आराधना गरी जात्रा मनाइएको छ ।
साँझ परेपछि भक्तपुरका टोलटोलबाट परम्परागत बाजागाजाका साथ सुरु हुने यो जात्रा मनाउँदै यहाँका बासिन्दाले मन्दिर आसपासका क्षेत्र र मन्दिर प्रवेश गर्ने बाटोमा समेत दियो बालेर झिलीमिली बनाउँदै मिधे तथा बासुरी बाजा बजाउँदै टोलटोलबाट स्थानीय मन्दिर पुगेर पूजा एवं दर्शन गर्ने परम्परा रहँदै आएको छ । नवरात्रिभर भक्तपुरका विभिन्न मन्दिरमा बिहान र दिउँसो मात्र नभई राति पनि विशेष भीड लाग्ने गर्दछ ।
संस्कृतिकर्मी ओम धौभडेलले लिच्छवीकालीन राजा आनन्ददेवले भादगाउँको सुरक्षाका लागि मध्यभागमा त्रिपुरासुन्दरी र चारैतिर अष्टमातृकादेवीको स्थापना गरिएको कथन सुनाए ।
विजयादशमीमा प्रत्येक रात भक्तपुरका बासिन्दाले परम्परागत रूपमा बाजागाजासहित शक्तिपीठमा गएर जात्रा मनाउने गर्दछन् । हरेक दिन बिहान खोलामा गएर हातमुख धोएर शुद्ध मनले अष्टमातृकाको पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
भक्तपुरमा रही अष्टमातृकाले एकैस्वरूप लिइ महिषासुरको बध गरेकाले शक्तिका रूपमा देवीहरूको राति पूजा गरिँदै आएको कथन छ ।











जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
फागुन २१ गतेकाे चुनावमा राप्रपाले सक्रिय रुपमा भाग लिन्छ : अध्यक्ष लिङ्देन
कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया