रामेछापमा सवारी दुर्घटना रोक्न यात्रुलाई निःशुल्क खाजा

काठमाडौं । रामेछाप जिल्लाभित्र पछिल्लो केही दिनयता सवारी दुर्घटना बढेपछि सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका—३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।
सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।
सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नम्बर ६ का अध्यक्ष नारायण कार्कीले बताए ।
भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ ।
लामो समयसम्म ड्राइभ गरेपछि इन्जिन तातेर ब्रेक फेल भएर दुर्घटना हुने जोखिम बढेपछि सुरक्षित यात्राको लागि २० देखि २५ मिनेट रोकेर इन्जिन सेलाएपछि यात्रुहरु टाढादेखि आएका हुने र भोक लाग्ने समस्या हुन सक्ने भएकाले नि:शुल्क खाजा ब्यवस्था गरेको ई.प्र.का खाँडादेवीले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय खाँडादेवीले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धिमूलक देखिएका छन् ।











एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया