रामेछापमा सवारी दुर्घटना रोक्न यात्रुलाई निःशुल्क खाजा

काठमाडौं । रामेछाप जिल्लाभित्र पछिल्लो केही दिनयता सवारी दुर्घटना बढेपछि सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका—३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।
सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।
सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नम्बर ६ का अध्यक्ष नारायण कार्कीले बताए ।
भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ ।
लामो समयसम्म ड्राइभ गरेपछि इन्जिन तातेर ब्रेक फेल भएर दुर्घटना हुने जोखिम बढेपछि सुरक्षित यात्राको लागि २० देखि २५ मिनेट रोकेर इन्जिन सेलाएपछि यात्रुहरु टाढादेखि आएका हुने र भोक लाग्ने समस्या हुन सक्ने भएकाले नि:शुल्क खाजा ब्यवस्था गरेको ई.प्र.का खाँडादेवीले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय खाँडादेवीले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धिमूलक देखिएका छन् ।
















ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया