बुधबार, वैशाख १७, २०८२

यू-१९ महिला टी-२० विश्वकप छनोट : १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयाे

मेरोन्यूज २०८१ असोज २८ गते ११:३६

काठमाडौं । यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीका तयारी बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरिएको हो ।

उक्त प्रतियोगिताका लागि असोज ३० गतेबाट भैरहवामा तेस्रो चरणको बन्द प्रशिक्षण सुरु हुँदैछ ।

क्यानका अनुसार बन्द प्रशिक्षणमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन र पूजा महतो छानिएका छन् ।

यस्तै, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निा मरासिनी, स्नेहा महरा, सोनि पाख्रिन र भवानी कामत रहेका छन् ।

साथै सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुँवर र रञ्जु श्रेष्ठलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको क्यानले जनाएकाे छ ।

प्रतिक्रिया