यू-१९ महिला टी-२० विश्वकप छनोट : १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयाे

काठमाडौं । यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीका तयारी बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरिएको हो ।
उक्त प्रतियोगिताका लागि असोज ३० गतेबाट भैरहवामा तेस्रो चरणको बन्द प्रशिक्षण सुरु हुँदैछ ।
क्यानका अनुसार बन्द प्रशिक्षणमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन र पूजा महतो छानिएका छन् ।
यस्तै, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निा मरासिनी, स्नेहा महरा, सोनि पाख्रिन र भवानी कामत रहेका छन् ।
साथै सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुँवर र रञ्जु श्रेष्ठलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको क्यानले जनाएकाे छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया