कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारले गाँजाखेती प्रवर्द्धनदेखि घरेलु मदिराको ब्रान्डिङसम्मका विषय समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । एमाले र कांग्रेसका प्रतिनिधिहरू सम्मिलित कार्यदलले तयार पारेको आठ पृष्ठ लामो प्रतिवेदनमा क्षेत्रगत प्राथमिकता उल्लेख गर्दै बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा छिमेकी देशका मुख्य शहरहरूमा ‘टुरिजम शो’ आयोजना गर्नेदेखि क्यासिनो विकास र गाँजा उत्पादनसम्मका विषय समेटिएका छन् । कार्यक्रमका प्रमुख पाँच स्तम्भमा सुशासन र पारदर्शीता, आर्थिक विकास, भौतिक पूर्वाधार तथा वन, पर्यटन, उद्योग, कृषि तथा सहकारी र शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासलाई प्रस्तुत गरिएको छ ।
न्यूनतम कार्यक्रममा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश निषेध गरिएको भएता पनि अनुगमनको कमीले प्रभावकारी कार्यान्वयन हुन नसकेको आलोचनाका बीच कोशी सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्न क्यासिनोको विकास गर्ने नीति अपनाउने उल्लेख छ ।
पर्यटन प्रवर्द्धनका लागि विराटनगर र भद्रपुरबाट अन्तरदेशीय उडान र ‘माउन्टेन फ्लाइट’ सुरु गर्ने योजना सरकारको छ । साथै, खुर्कोट-चतरा, तुम्लिङटार-चतरा र ताप्लेजुङ तमोर दोभान-चतरा मार्गमा जल यातायातको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रममा उल्लेख छ ।
सरकारले ‘हल्लो सीएम’ कार्यक्रमलाई निरन्तरता दिने र सार्वजनिक सुनुवाइको नीतिलाई कार्यान्वयन गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । यसैगरी, जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि कडा आचारसंहिता लागू गरिने विषय पनि समेटिएको छ ।
सरकारले गर्भवती तथा सुत्केरी महिला र १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गर्नुका साथै शैलेजा आचार्य हृदय रोग केन्द्र, विराटनगरलाई नयाँ ढंगले सञ्चालन गर्ने पनि उल्लेख छ । विद्यालय शिक्षालाई उत्पादनसँग जोड्ने नीति र कार्यक्रम लागू गर्ने लक्ष्य राखिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यी कार्यक्रमहरूलाई आधार बनाएर सरकारले काम गर्ने बताएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।
















वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा आउँदै
कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया