मंगलबार, वैशाख १६, २०८२

दशैंमा मामाघर आएका पुरुष हेटौंडाको होटेलमा मृत भेटिए

मेरोन्यूज २०८१ कार्तिक ३ गते ९:५९

हेटौंडा । दशैंमा हेटौंडास्थित आफन्तको घरमा आएका काठमाडौंका एक जना व्यक्ति होटेलमा मृत भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटेलमा शक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दशैंमा टीका लगाउन हेटौंडामा रहेको मामाघर आएका उनी उक्त होटलमा बास बसेको पाइएको छ। मानन्धरका साथीहरुले फोन गर्दा उनको फोन नउठेपछि शुक्रबार (हिजो) अपराह्न ४ बजेतिर सोही होटलमा आएर ढोका खोली हेर्दा मानन्धर मृत अवस्थामा भेटाएका हुन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया