शृङ्गार व्यवसायबाट मनग्य आम्दानी

कञ्चनपुर । ब्यूटीसिएन (शृङ्गार) । व्यवसायमा संलग्न भीमदत्त नगरपालिका–४ की २९ वर्षीया पुनम जैसीलाई परिवारको खर्च चलाउने पिरलो छैन । तालिम लिएर व्यवसाय सञ्चालन गरेकी उनको मासिक कमाई रु ४० हजार जति हुने गरेको छ ।
मासिक रूपमा आउने कमाइले उनको घर खर्च सहज रूपमा चल्न थालेको छ । घरभाडा, बालबालिकाको विद्यालय खर्च, लुगाफाटो, खाद्यान्न, नुनतेल, तरकारीको जोहो व्यवसायको कमाइले धान्दै आएको उनले बताइन्।
अन्तरजातीय प्रेम विवाह गरेकी जैसीले सुरुका तीन वर्ष निकै कष्ट सहनुपर्यो । “महेन्द्रनगर बजारको सिद्धनाथ मन्दिरमा लाग्ने तीनमहिने मेलामा तीन वर्षसम्म बालबालिकाका खेलौना, शृङ्गारका सामान, जुत्ता चप्पललगायत सामग्री बेचेर रु ७०–८० हजार जति कमाइ हुन्थ्यो”, उनले भनिन्, “अठार जनाको संयुक्त परिवारमा बस्नुपर्दा त्यो कमाइले खर्च पुग्दैन्थ्यो ।”
तीन महिना मन्दिर छेउ बसेर सामान बिक्री गर्ने जैसीले बाँकी समय मजदुरी गरेर जीविका चलाउँदै आएकी थिइन् । “ ब्यूटिसीएन तालिममा सहभागी हुने मौका पाए”, उनले भनिन्, “निकै मेहनत गरेर एक लेभलसम्मको परीक्षा उत्तीर्ण गरेँ, आफ्नै व्यवसाय सञ्चालन गर्ने धोको थियो ।”
सीप सिकेर निपूण भए पनि व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजीको अभाव थियो । मन्दिरमा सामान बिक्री गरेको र मजदुरी गरेर खाइनखाइ राखेको रु ३० हजार रकम उनिसँग थियो । “घर नजिकैको सहकारीमा गएर व्यवसाय गर्ने इच्छा जाहेर गरेँ, पुँजी अभाव रहेका कुरा सुनाएँ”, उनले भनिन्, “सहकारीबाट रु ४० हजार कर्जाका रूपमा रकम पाएँ, आफूसँग रहेको र सहकारीको गरी रु ७० हजार रकमबाट व्यवसाय सुरु गरेँ ।”
ग्राहकको मागअनुसार सेवा दिन थालेपछि व्यवसाय अगाडि बढ्दै आएको उनले उल्लेख गरिन्। हाल पसलमा रु छ लाख बढीको ब्यूटिसीएन र शृङ्गारसम्बन्धीको सामान रहेको छ । पसलबाट कमाएको रु १४ लाख र श्रीमान्ले कमाएको रु १२ गरी रु २६ लाखमा जैसीले महेन्द्रनगर बजार छेउमा एक कठ्ठा जग्गा घरेडी जोड्न भ्याएकी छन् ।
भाडाका घरमा बस्दै आएकी जैसीले यसै वर्ष आफ्नै घर निर्माण गर्ने सोच अघि सारेका छन् । ग्राहकको मन जित्न सके व्यवसायलाई अगाडि बढाउन सकिने उदाहरण उनले पेस गरकी छन् । जैसीका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई उनले निजी अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउँदै आएकी छन् । स्वरोजगार भएपछि जीवन सहज रूपमा चल्न थालेकामा उनि सन्तुष्टि व्यक्त गरेकी् ।

















मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया