सोमबार, वैशाख ८, २०८२

आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा काठमाडौँमा एक महिला पक्राउ

मेरोन्यूज २०८१ कार्तिक ५ गते १३:०२

काठमाडौं । बालिका तथा युवतीलाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीले नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई शुक्रबार पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिइ आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएको खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया