बिहीबार, पुष ३, २०८२

अर्थमन्त्री पौडेल अमेरिका जाँदै

मेरोन्यूज २०८१ कार्तिक ५ गते १७:०८

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाने भएका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन उनी आज राति अमेरिकाको वासिङटन डिसी जान लागेका हुन्।

न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्नेछन् । पौडेल कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया