बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बदलिँदो परिवेशमा प्रहरीमाथि चुनौती, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएकाले सोही अनुसार अघि बढ्न निर्देशन दिएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘पोष्ट ग्य्राजुएट डिप्लोमा ईन पोलिन साइन्स’, कार्यक्रममा समावेश प्रहरी निरीक्षक आधारभूत तालिम १८३औँ समूहको आज उनले उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै उनले सङ्गठित अपराधको वृद्धि एवम् प्रगतिशिल विज्ञान र प्रविधिले उब्जाएका नविनतम् चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै पुलिसिङमा धेरै परिवर्तन भएको जानकारी गराए । सोही अनुरूप विगत र वर्तमान मात्र नभई भविष्यसमेतमा सक्षम र दक्ष ठहरिने गरी यस्ता प्रशिक्षण सञ्चालन आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल प्रहरी सङ्गठनको आधुनिकीकरण एवम् सुदृढिकरण सम्बोधन गर्न तथा सक्षम नेतृत्व तयार गर्न राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न उक्त कोर्स सहयोगसिद्ध हुने विश्वास उनले व्यक्त गरे ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया