धनराजको तर्क : निकिता पौडेललाई पनि हिरासतमा राखेर कार्वाही गर्न किन माग नगरेको ?

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद् एवम् पूर्वमन्त्री धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नरहेको र पूर्वपत्नीले गरेको गल्तीको दोषी आफूलाई बनाउन नमिल्ने तर्क गरेका छन् ।
ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप खेपिरहेका गुरुङले सामाजिक सञ्जाल एक्समा सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको जिकिर गरेका हुन् ।
धनराजले लेखेका छन्ः
रास्वपाका साथीहरुले केही दिन देखि मेरो तस्बिर देखाएर आन्दोलन गरेको सुनें । सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निश्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु। म सधैं भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ।
म रास्वपाका साथीहरुलाई सोध्न चाहन्छु – यदि ज्योती गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कार्वाही गर्न किन माग नगरेको ?
रास्वपाले सरकारलाई आफूमाथि कारबाही दबाब दिएपछि धनराजले मङ्गलबार साँझ एक्समा सहकारी ठगीमा आफ्नो कुनै सङ्लग्नता नभएको र निष्पक्ष छानबिनका लागि संसद्मा कुरा राखिसकेको पनि जनाएका छन् ।
साथै; पूर्वपत्नी ज्योतिले गरेको गल्तीको दोषी आफूलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखी कारबाही गर्न मा राख्न रास्वपालाई चुनौती दिएका छन् ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
प्रतिक्रिया