बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी संगठनले सो रकम हस्तान्तरण गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरुले चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा संगठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी संगठनले लिएको पहलकदमीका लागि धन्यवाद दिए। पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकमदी लिएको जानकारी दिंदै उनले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताए ।
यसपटक विपतबाट ठूलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने बताए ।
















वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया