शनिबार, पुष १२, २०८२

रविको हिरासत बसाइ लम्बिएपछि छलफलमा रास्वपा नेताहरू

मेरोन्यूज २०८१ कार्तिक ८ गते १९:५७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा म्याद थप गरेपछि रास्वपाका नेताहरू अहिले कास्कीमा बैठक गरिरहेका छन् ।

शुक्रबार काठमाडौंको माइतीघर र पोखराको केही स्थान आन्दोलन गर्ने तयारीबारे जुट्न उपलब्ध जिम्मेवार सदस्यहरूको बैठक राखेको नेताहरूले बताएका छन् ।

थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि रास्वपाका कार्यकर्ता तथा नेताहरू थप आक्रोशित समेत बनेका छन् । उनीहरूले आक्रोशित भएर कास्कीमा निषेधित क्षेत्रसमेत तोडेका छन् ।

प्रतिक्रिया