धुलिखेलद्वारा क्षतिग्रस्त खानेपानी आयोजना पुनः निर्माण गर्न माग

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनः निर्माणका लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरपालिकाले नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो ।
करिब तीन दशक अघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनः निर्माण गर्न रु. तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनः निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख अशोक ब्यान्जुले बताए । उनका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरपालिका-३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानी विहीन अवस्थामा रहेका छन् ।
उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा रु. दुई करोड चार लाख क्षति भएको जनाइएको छ । बाढीपहिरोबाट नगरको १० वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपक्षी तथा केही वडामा मानवीय क्षति पुगेको थियो । उक्त घटनामा दुई जनाले ज्यान गुमाएका थिए एक अझै बेपत्ता अवस्थामा छन् । नगरपालिकाको प्रारम्भिक तथ्यांक अनुसार ६४ घर पूर्णरुपमा क्षति तथा पाँच सय ७२ घर आंशिक क्षति भएका छन् ।
यस्तै, सिँचाइ आयोजनामा रु. ५० लाख, आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडकमा क्षति पुगेको छ भने रु. १८ लाख बराबरको पशुधन क्षति भएको थियो । नगरपालिकाले निजी आवासबाहेक रु. ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया