धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जोडिएका पार्टी उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले सहकारी ठगीमा नाम जोडिएका गुरुङ र पोखरेलमाथि अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका हुन् ।
“…नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो,” उनले भने, “थप अनुसन्धान गर्नुपर्छ । म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकैदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ ।”
उनले अगाडि थपे, “नेकपा (एमाले)को ऋषिकेश पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् ।”
महामन्त्री थापाले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले काम अघि बढाउनुपर्ने धारणा राखे । सहकारी ठगी गर्नेहरूको सम्पत्ति बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उनले बताए ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया