विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ

काठमाडौँ । विशेष अदालतमा पहिलो पटक आज अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालसमेत प्रतिवादी भएको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भष्ट्राचार गरेको आरोपको मुद्दामा संयुक्त राज्य अमेरिकाको कान्सास राज्यबाट प्रतिवादीद्वय सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले भर्चुअल माध्यमबाट बहस गरेका हुन्।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय न्यायाधीश डा खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासमा उक्त सुनुवाइ भएको हो। तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २०८० साल चैत १५ गते भर्चुअल सुनवाइ पद्धतिको शुभारम्भ गरेका थिए। सोपश्चात अदालतबाट साक्षी बकपत्र भर्चुअल माध्यमबाट गरी सेवा प्रदान गरिँदै आएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयान समेत भर्चुअल माध्यमबाट लिएर अभिलेख गर्न सकिने उल्लेख छ।
विशेष अदालतले गत आव २०८०/०८१ मा ८८ प्रतिशत मुद्दाको फर्छ्यौट गरी कानुनले तोकेको म्याद छ महिनाभित्रै मुद्दाको कारबाही र किनारा गर्न सफल भएको जनाएको छ।
‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्तावनालाई साकार पार्न विशेष अदालतले न्यायमा सहज पहुँचका लागि प्रविधिको प्रयोग गर्दै आएको छ।
स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत प्रविधिको प्रयोग र न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न सबै कानुन व्यवसायी तथा सेवाग्राहीहरुलाई अदालत प्रशासनले आग्रहसमेत गरेको छ।











ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया