नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको चुनौती : सन्दीप जोराको अर्धशतक
मेरोन्यूज
२०८१ कार्तिक १७ गते ६:५१

काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको छ। शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दुई विकेटको क्षतिमा १११ रन बनाएको हो।
नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।
लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाए। उनी अस्ट्रेलियाका ज्याक वुडबाट आउट भए। नेपालका लागि विवेक यादवले चार बलमा १२ रन हिर्काए। राशिद खानले दुई बलमा १२ रन बनाएको खेलमा एक बल खेलेका नारायण जोशीले एक रन जोडे।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया