हङकङ सिक्सेजः क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित
मेरोन्यूज
२०८१ कार्तिक १७ गते १६:०७

काठमाडौं ।नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले ५ ओभरमा ६ विकेट गुमाउँदै ८३ रन बनाएको हो । नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाएका थिए ।
यसअघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनाएको थियो । यो जितसँगै श्रीलंका सेमीफाइनलमा पुगेको छ ।
त्यस्तै नेपालले अब अर्को खेल प्लेट सेमिफाइनल खेल्ने भएको छ । प्लेट सेमिफाइनल खेलमा नेपालले बंगलादेश र यूएईमध्ये एक देशसँग आइतबार खेल्ने छ ।
सम्बन्धित
















प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
नवनिर्वाचित सांसदहरुले लिए शपथ
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
प्रतिक्रिया