फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु : सांसद मनाङ्गे

काठमाडौँ । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दिपक मनाङे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् ।
व्यक्ति हत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन भएका थिए ।
आज एक विज्ञप्ति जारी गर्दै उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाएका हुन् ।
‘फैसलापश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’
पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ । सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालतको निर्णय सदर गरेकाले फैसला कार्यान्वयनका लागि पूर्णपाठ तयार हुन आवश्यक पर्दैन । फैसलापछि उनको खोजी थालेको प्रहरीले ‘स्विच अफ गरेर सम्पर्कविहीन भएको’ जनाएको थियो ।








सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया