विदेश पठाउने भन्दै ठगी गर्ने २ जना पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक २३ गते १८:००

काठमाडौँ । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका-४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ छन् ।
पराजुली क्यानडा पठाउने नाममा ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । गुरुङ भने दुबई पठाउने भन्दै १९ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनीहरु दुवै जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया