कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने ‘कर्णाली याक्स’को जर्सी सार्वजनिक

काठमाडौं ।हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको एनपीएल फ्रेन्चाइज टिम कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ । शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बीच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेको छ । जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी निलो रंग तथा कर्णालीमा पाइने याकको प्रतिक छ ।
मार्की खेलाडी सोमपाल कामी र ‘फेस अफ कर्णाली याक्स’ कलाकार स्वस्तिमा खड्काले नेपाल प्रिमियर लिगको लागि जर्सी प्रदर्शन गरेका हुन् । कार्यक्रममा पूर्वउप–प्रधानमन्त्री पूर्णबहादुर खड्का, कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, क्यान प्रवक्ता छुम्बी लामा, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णाली याक्समा आवद्ध खेलाडीको सहभागिता थियो ।
पूर्वमन्त्री खड्काले कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना दिएका छन् । ‘कर्णाली याक्सलाई प्रतियोगिता सफलताको लागि शुभकामना छ । कर्णालीबासीको तर्फबाट टोलीलाई जितको शुभकामना,’ खड्काले भने, ‘अहिले नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ । कर्णालीको हिमाली भाग, धार्मिकस्थल, कर्णालीसँगै जोडिएको भूभाग कैलाश मानसरोवर भ्रमण गर्न जो कोहीलाई कर्णाली याक्समार्फत हौसला प्राप्त हुने विश्वास छ ।’
प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ ।
सचिव पारस खड्काले कर्णाली याक्सलाई समर्थन गर्न समर्थक जर्सी धारण गरेर टीयू मैदान आउने आशा गर्दै काठमाडौं नै कर्णालीमय भएको बताए । ‘कर्णालीका सबै समर्थकले यो जर्सी लगाएर खेल हेरेको हेर्ने सपना छ । एनपिएन खेल मात्रै नभएर संस्कार हो,’ उनले भने, ‘कर्णाली याक्सको जर्सी निकै गज्जबको छ । जर्सी लगाएर कर्णालीकै समर्थन गर्नु होला । आधा काठमाडौं अहिले नै कर्णालीमय भईसकेको छ ।’
कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कार्मीले एनपीएलमा टिमले सोचेको जस्तो प्रदर्शन दिने बताए । ‘आजको दिन एकदम उत्साहित छु । यही दिनको लागि क्रिकेट सुरु गरेका थियौंं, ’ सोमपालले भने, ‘कर्णाली याक्समा ज्ञानेन्द्र दाईसँगै सहकर्मी देव खनाल र गुल्शन झा पाएका छौं । टिमले सोचेको जस्तो राम्रो प्रदर्शन गर्छौं ।’प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।
















आयोन र एक्सपिङसहित सीजी मोटर्सले पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प गर्ने
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया