सुर्खेतबाट ब्राउन सुगरसहित २ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पलाता गाउँपालिका-५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१०, का २१ वर्षीय चन्द्र सुनार रहेका छन् । उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर-१० दीपनगर टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरूको साथबाट ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र लागुऔषध जस्तो देखिने १५ ट्याब्लेट बरामद गरिएको छ ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया