सुर्खेतबाट ब्राउन सुगरसहित २ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पलाता गाउँपालिका-५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१०, का २१ वर्षीय चन्द्र सुनार रहेका छन् । उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर-१० दीपनगर टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरूको साथबाट ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र लागुऔषध जस्तो देखिने १५ ट्याब्लेट बरामद गरिएको छ ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया