देवीघाटमा भक्तजनको घुइँचो

त्रिशूली (नुवाकोट)। हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ ।
सोमबार साँझदेखि सुरु भइ आज अपरान्हसम्म देवीघाटस्थित मेलामा दश हजार भन्दाबढीले त्रिशूली गङ्गा स्नान, जालापादेवी मन्दिरको दर्शन, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेको मन्दिरका पुजारी रणबहादुर चित्रकारले जानकारी दिए।
देवीघाटस्थित तादी र त्रिशूली नदीको सङ्गमस्थलमा विभिन्न जिल्लाबाट ल्याइएको एकसय बढी रथ, छत्र र फूलको डोली त्रिशूली नदी तारिएको छ । साइत बनाएर अघिल्लो दिन नै मन्दिरमा पुर्याइएको फूलको डोली रातभर पूजा गरी बिहान सूर्योदयसगैँ तार्न सुरु गरिएको देवीघाट–जालपा क्लबका अध्यक्ष नवीन चित्रकारले जानकारी दिए।
हरिबोधनी एकादशी पर्वको अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल उत्तरगयाधाम बेत्रावतीसहित दुप्चेश्वर महादेवको मन्दिर, किस्पाङस्थित फिकुरी मन्दिर लगायतका स्थानमा मेला लाग्ने गर्छ ।














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया