उद्योगहरूमा लाइन जोड्ने निर्णयविरुद्धकाे रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
मेरोन्यूज
२०८१ कार्तिक २८ गते १४:४२

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा इन्टलमेन्ट सुविधा दिनेगरी विद्युत् जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मन्त्रिपरिषद्को बक्यौता नउठाइ उद्योगहरूमा पुनः बिजुली लाइन जोड्ने निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा कँडेलले मन्त्रिपरिषद्को निर्णय कार्यन्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । साथै कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई बोलाउन आदेश गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया