पाल्पाका ४ शैक्षिक संस्थामा अक्षयकोष स्थापना
मेरोन्यूज
२०८१ कार्तिक ३० गते १२:०१

रामपुर (पाल्पा)। रामपुर नगरपालिका–४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिएको छ ।
रामपुरका रामतुलसी नमूना मावि, सीताराम मावि, कालिका मावि र सहिद बहुमुखी क्याम्पसमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गरिएको हो ।
रामतुलसी नमूना माविमा दुई लाख २२ हजार दुई सय २२, सहिद बहुमुखी क्याम्पसमा एक लाख ११ हजार एक सय ११, सीताराम माविमा एक लाख ११ हजार एक सय ११ र कालिका माविमा एक लाख ११ हजार एक सय ११ को अक्षयकोष स्थापना गरिएको हो ।
गत असोज २४ गते २६ वर्षको उमेरमा हृदयाघातका कारण झमनको निधन भएको हो । उनका बुबा नरबहादुर र आमा यमकुमारी थापाले आफ्नो एकमात्र सन्तानले अध्ययन गरेको शैक्षिक संस्था तथा अन्य विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रतिक्रिया