आकासियो सुन चाँदी को भाउ
मेरोन्यूज
२०७८ वैशाख ८ गते १२:५६

काठमाडौं । पछिल्लो समय बढ्दै घट्दै गरेको सुनचाँदीको मूल्य आज धेरै महंगो भएको छ ।
कारोबार हुने साताको चौथो दिन दिन आज बुधबार सुन प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजो मंगलबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आगामी दिनमा सुनभन्दा चाँदी बढ्ने आपेक्ष गरेपनि चाँदी भने सुस्त गतिमा माथि उक्लिएको हो । चाँदी बुधबार प्रतितोला १० रुपैयाँले महंगो भई १ हजार ३ सय १० रुपैयाँमा किनबेच भएको छ ।
चाँदी मंगलबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया