पूर्वमन्त्री पदम राईको निधन
मेरोन्यूज
२०८१ मंसिर ८ गते २०:२८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।
पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको हो । भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल केन्द्रीय सदस्य थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले राईको निधनबाट आफू दुखित भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,’पार्किन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री क। पदम राईको निधनले दुखित बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया