होजोन अटोले भन्यो– नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन

काठमाडौं । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ।
होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो।
‘हामी सुनिश्चित गर्न चाहन्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन। नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ।
होजोन अटोले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजन रुपमा वितरण भईरहेको जानकारी दिदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाकोतर्फबाट आभार व्यक्त गरेको छ।
उपभोक्ताको बिक्रीपछिको अनुभवलाई धेरै महत्व दिने कम्पनीले जनाएको छ।
नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत बिक्री भएका गाडीहरुमा न्यूनतम १० वर्षसम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाइनाले व्यक्त गरेको छ।
नेपालका केही मिडियामा नेटासम्बन्धी नकारात्मक समाचार आएलगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो।
होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।










एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
जेनजी घटनापछि सबैकाे आलोचना हामीले खेपिरहेका छाैं : प्रधानमन्त्री
सबै दल एकजुट भएर अघि बढे निर्वाचन राेकिँदैन : प्रधानमन्त्री कार्की
अपहरणमा परे १८ कोलम्बियाली सैनिक
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया