यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ ।
त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, घटेको युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा तय भएको छ ।
यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ १० पैसा तय भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।















पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
प्रतिक्रिया